जनता टाइम्स

१६ माघ २०७९, सोमबार १३:४२

पोखरामा आत्मदाह गर्ने लागेकालाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु


कास्की, माघ १६ । पोखरा महानगरपालिका १३ काहूँखोलामा आत्मदाह गर्न लागेका डेरावाल युवकलाई आइतबार बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको बताउनु भयो ।

सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षत्रीलाई बचाउने क्रममा घरबेटी स्वंय सख्त घाइते हुनुभएको थियो । दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्याएका थिए ।

स्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उहाँको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् । क्षेत्रीले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन । तर उहाँलाई बचाउन प्रयाश गर्ने संगिताको भने ज्यान गएको हो ।