जनता टाइम्स

१६ माघ २०७९, सोमबार १५:१७

पेशावरमा मस्जिदमा आत्मघाती हमला, ७० जना घाइते


एजेन्सी, १६ माघ । पाकिस्तानको पेशावरस्थित पुलिस लाइन मस्जिदमा शक्तिशाली विस्फोट भएको छ । समाचार एजेन्सी एएनआईले पाकिस्तानी च्यानल जियो न्यूजलाई उद्धृत गर्दै यो खबरको पुष्टि गरेको छ।

जियो न्यूजका अनुसार पाकिस्तानको पेशावरको पुलिस लाइन क्षेत्रमा रहेको मस्जिदमा नमाजको समयमा यो विस्फोट भएको हो । एक आत्मघाती हमलाकारीले जुहरको नमाजपछि आफूलाई विष्फोट गराउँदा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइतेको संख्या बढ्न सक्ने सम्भावना छ ।

पाकिस्तानी अखबार डनका अनुसार सोमबार दिउँसो पेशावरको पुलिस लाइन क्षेत्रमा विस्फोट भएको थियो । यो विस्फोट एक मस्जिदमा भएको थियो, जसमा कम्तीमा ७० जना घाइते भएका थिए । लेडी रिडिङ अस्पताल (एलआरसी) का प्रवक्ता मोहम्मद असिमका अनुसार घाइतेहरुलाई अस्पताल लगिएको छ ।

असिमले पाकिस्तानी अखबार डनलाई भने कि क्षेत्र पूर्ण रूपमा सिल गरिएको छ र एम्बुलेन्सहरूलाई मात्र क्षेत्रमा प्रवेश गर्न दिइएको छ। दिउँसो १ः४० बजे जुहरको नमाज पढिरहेको बेला विस्फोट भएको मिडिया रिपोर्टले जनाएको छ । उल्लेखनीय छ कि गत वर्ष पनि पेशावरमा यस्तै घटना भएको थियो, जब पेशावरको कोचा रिसालदार क्षेत्रमा रहेको शिया मस्जिद भित्र आत्मघाती विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको थियो।