जनता टाइम्स

१६ माघ २०७९, सोमबार १७:५५

अमेरिकी उपबिदेश मन्त्रीलाई परराष्ट्रमन्त्री बिमलाको धन्यवाद


काठमाडौं, माघ १६ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपविदेशमन्त्रीबीच सोमबार भेटवार्ता भएको हो । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध विषय तथा आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिनुभएको थियो । भेटमा अमेरिकी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनुभएको थियो ।