जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १६:४२

अध्यक्ष चतुरको राजीनामा माग्दै क्यानका ७ केन्द्रीय सदस्यले गरे बैठक बहिष्कार


पोखरा, माघ १७ । नेपाल क्रिकेट संघको बोर्ड बैठकमा (क्यान) ७ केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको लिखितरूपमा राजिनामा माग गरेका छन् ।

मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै क्यान असुन्तुष्ट टोलीको नेतृत्व गर्दै क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्ष चतुरबहादुर चन्द र कार्यसम्पादन समितिको राजीनामा माग गर्नुभएको हो ।

असन्तुष्ट समूहमा ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी हुनुहुन्छ ।

राजीनामा दिएर नेपाली क्रिकेटलाई माग प्रशस्त गर्न भन्दै गलत निर्णयको साक्षी नबस्ने उद्घोषसहित आफूहरूले बैठक बहिष्कार गरेको एक केन्द्रीय सदस्यले बताए । राजीनामा मागसहितको पत्र बुझाएर बैठकको औचित्य नभएको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका छन् ।