जनता टाइम्स

१८ माघ २०७९, बुधबार ०७:२८

बयान फेर्दा भ्रष्टाचार मुद्दा


काठमाडौं, १८ माघ । सरकारी साक्षीका रूपमा उपस्थित भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतमा प्रतिकूल बयान दिएका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा आर्थिक वर्ष २०७३र७४ मा पोस्ट हार्भेस्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापनाको क्रममा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दायर भएको मुद्दामा आयोग र अदालतमा फरक–फरक बयान दिएका छोटेलाल चौधरी र जनकराज बोहोराविरुद्ध मुद्दा दायर गरिएको हो।

उक्त मुद्दामा आयोगले चौधरी र बोहोरालाई प्रतिवादी नबनाई साक्षीका रूपमा पेस गरेको थियो तर विशेष अदालतमा साक्षीका रूपमा उपस्थित हुँदा दुवै जनाले आयोगबाट अनुसन्धानका क्रममा दिएको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए। चौधरी र बोहोरालाई उक्त मुद्दामा मुख्य दोषी देखिएका दशरथ भण्डारी र टङ्कप्रसाद रिजालभन्दा आधा कम सजाय माग गरिएको आयोगले जनाएको छ।