जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १५:३९

यी नेताले पाए नेकपाका केन्द्रीय बिभागको प्रमुख–उपप्रमुखको जिम्मेवारी (सूचीसहित)


काठमाडौं, साउन ३१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय बिभागको नेतृत्व टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले केन्द्रीय बिभागको नेतृत्व टुंगो लगाएको हो ।

बैठकले बरिष्ठ नेता माधवकुमार नेपाललाई बिदेश बिभागको नेतृत्व दिएको छ । सो बिभागको उपप्रमुखमा राम कार्की रहनुभएको छ । यसैगरी निति तथा अध्ययन प्रतिष्ठान प्रमुखमा झलनाथ खनाल, संगठन बिभागमा बामदेव गौतम र पार्टी स्कूल बिभागमा इश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ । प्रचार बिभाग प्रमुखको जिम्मेवारी प्रवक्ता नारायणकाजी श्रेष्ठले पाउनुभएको छ । यसैगरी अर्थ तथा योजना बिभाग प्रमुखमा सुरेन्द्र पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्यायलाई जिम्मेवारी दिइएको छ । आजको बैठकले ३२ ओटा बिभाग र निति अध्ययन प्रतिष्ठानको टुंगो लगाएको हो ।

बैठकले केन्द्रीय कार्यालय सचिवमा इश्वरी रिजाल र श्रीराम ढकाललाई नियुक्त गरेको छ । बैठकले सातवटै प्रदेशमा दुई दुई जना सहइञ्चार्ज थप गरेको छ । जसअनुसार प्रदेश १ मा शेरधन राई र नरेश खरेल, प्रदेश २ नागेन्द्र चौधरी र महेन्द्र पावान, प्रदेश ३ मा काशीनाथ अधिकारी र हितमान शाक्य सहइञ्चार्ज हुनुभएको छ । यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ र यसोदा सुवेदी गुरुङ, प्रदेश ५ मा बैजनाथ चौधरी, कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश तथा सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी, खगराज भट्टलाई सहइञ्चार्ज बनाइएको छ ।

बैठकपछि प्रवक्ता श्रेष्ठले जनसंगठन इञ्चार्ज, सहइञ्चार्ज, अरुको निर्णय गर्न बाँकी रहेको बताउनु भयो । उहाँका अनुसार जनसंगठनको इञ्चार्जसँगै बिशेष प्रदेश कमिटी, प्रवास संगठनको निर्णय गर्न बाँकी छ । बाँकी कामको टुंगो लगाउन भोलि ४ बजे सचिवालय बैठक बोलाइएको छ ।

हेर्नाेस सूची

ncp-work devision