जनता टाइम्स

१८ माघ २०७९, बुधबार १६:४८

‘प्रेम आचार्यको आत्मदाह एउटा घटना मात्र नभएर देशकै हजारौं युवाहरुको कथा हो’


काठमाडाैं, माघ १८ । संघीय संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकाे विषयले सदनमा प्रवेश पाएकाे छ ।बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्याैपानेले आचार्यकाे आत्मदाहकाे विषय उठाउनुभएकाे हाे ।

प्रेमकाे आत्मदाह एउटा घटना मात्र नभएर देशकै हजाराैं युवाहरुकाे कथा भएकाे भन्दै उहाँले मान्छेले आफ्नाे शरीरमा आगाे लगाएर मर्नु सामान्य घटना नभएकाे बताउनुभयाे । ‘समृद्ध देश सुखी जनता भजाउने विषयमा मात्र भएकाे छ,यदि त्यसाे नहुँदाे हाे त संसद् भवन अगाडि युवा उद्यमी प्रेम आचार्यले निराश भएर आफूलाई आफैले पेट्राेल खनाई आत्मदाह गर्ने थिएनन्,मान्छेले आफ्नाे शरीरमा आगाे लगाएर मर्नु सामान्य घटना हाेइन,’ सांसद् न्याैपानेले भन्नुभयाे ।

प्रेम प्रतिनिधि पात्र भएकाे भन्दै उहाँले धेरै युवाकाे मनस्थिति त्यस्तै खालकाे रहेकाे बताउनुभयाे । प्रेमकाे कदमले राज्यलाई समेत चुनाैती दिएकाे भन्दै सांसद् न्याैपानेले संवेदशील हुन सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।

देशमा सम्भावना नदेखेर विदेशिएका युवाहरु काठकाे बाकसमा फर्किएकाे कारुणिक द‍ृश्य देखिरहेका बेला एउटा हाेनहार युवा उद्यमीले मातृभूमिकै आत्मदाह गर्नु दुखद भएकाे उहाँले बताउनुभयाे ।

‘देशमा सम्भावना नदेखेर विदेशिएका प्रेमहरु काठकाे बाकसमा फर्किएकाे कारुणिक दृश्य देख्दै आएका थियाैं,तर आज आफ्नै मातृभूमिमा भएकाे घटना अत्यन्तै दुखद र त्रासिदीपूर्ण त छ नै,यसले राज्यलाई समेत चुनाैती दिएकाे छ,याे विषयमा संवेदनशील हुन सकेनाैं भने याे झिल्काेले डढेलाेकाे रुप लिन बेर लाउने छैन,बेलैमा सचेत बन्नाैं र ठाेस कदम चालाैं’- सांसद् न्याैपानेले भन्नुभयाे ।