जनता टाइम्स

१८ माघ २०७९, बुधबार १९:१०

प्रचारको कामलाई व्यवस्थित गर्ने एमाले प्रचार बिभागको निर्णय


काठमाडौं, माघ १८ । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकले विभागका कामलाई नियमितरूपमा प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकमा सम्वोधन गर्दै पार्टीका उपमहासचिव तथा विभागका प्रमुख पृथ्वी सुब्बा गुरूङले पार्टीको प्रचारको कामलाई समय र परिस्थिति अनुकूल अगाडि बढाइने बताउनुभयो ।

बैठकमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचार समीक्षाका साथै विभागको आगामी कामका बारेमा छलफल भयो ।

बैठकमा पार्टीको दशौं महाधिवेशनको स्मारिका प्रकाशनको बाँकी कामलाई सम्पन्न गर्ने, नवयुगलाई नयाँ तालिका बमोजिम प्रकाशनको तयारी गर्ने र प्रचार भेलाहरू गर्नेबारेमा छलफल भएको छ ।

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा विभागका उपप्रमुख विष्णु रिजालले निर्वाचनमा प्रचारका कामका बारेमा जानकारी गराउनुभएको थियो ।