जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १६:१४

मारुनीको अर्को गीत “सक्दिन म बाच्न” सार्वजनिक (भिडियो सहित)


काठमाडौं, साउन ३१

भदौ १३ मा रिलिज हुने चलचित्र मारुनीको पहिलो गित जाम न माया जाम सार्वजनिक भएसँगै पुनः अर्को गीत “सक्दिन म बाच्न” लाई सार्वजनिक गरिएको छ । नवल नेपालले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेबिका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस गीतमा चर्चित युवा गायिका एवं स्वरकी धनी मेलिना राईले आवाज भरेकी हुन् । शब्द सुरेश वाग्लेको छ भने संगीत अर्जुन पोखरेलले गरेका छन् । गितमा शाह र खड्का फिचर्ड रहेका छन् ।