जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १५:०८

कर्मचारी विभाजन र मुठभेडको अवस्थामा पुग्यो नेपाल रेडक्रसको लफडा


काठमाडौं, माघ १९ । नेपाल रेडक्रस सोसाइटीको लफडा कर्मचारी विभाजन र मुठभेडको अवस्थामा पुगेको छ ।

नेपाल सरकार र अन्तरराष्ट्रिय रेडक्रस जनेभाले नेपाल रेडक्रस सोसाइटीका अनिमियतता, भष्टाचार, सिन्डिकेट, अदालतको अल्पकालिन अन्तरिम आदेश कार्यान्वयन गराउन नसक्दा नेपाल रेडक्रस विबाद पदाधिकारी, सदस्य हुँदै कर्मचारीसम्म पुगेको हो । रेडक्रसमा अबकास प्राप्त कार्यकारी निर्देशक पक्षधर र बैधानिक उपकार्यकारी निर्देशक पक्षधरमा कर्मचारीहरु विभाजित भएको दुबै पक्षले गरेको कर्मचारी भेलाबाट छर्लंग भएको छ ।

विश्वभर द्धन्द विबाद् भएको अबस्था द्धन्द समाधानमा ख्याति कमाएको रेडक्रस अभियानले नेपाल रेडक्रसमा भएको अनिमियतता, भष्टचार, सिन्डिकेट, अदालतको अल्पकालिन अन्तरिम आदेश कार्यान्वयन गराउन र बिवाद समाधान गर्न कुनै पहल नगरेकोमा रेडक्रस कर्मचारीहरु आश्चर्य मान्दछन । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासचिब नेपाल देशको नागरिक जगन चापागाई भएको बेला नेपाल रेडक्रसको यो हवीगत हुँदा उनी किन मौन बसेका छन् ।

तपाई अचम्म मान्नुहुन्छ। विश्वभरका रेडक्रस स्वयं सेवकहरुबाट सञ्चालित रहेको छ । नेपालमा भने एक अबकास प्राप्त कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले विगत दुई वर्ष देखि गैरकानूनी रुपमा नेपा रेडक्रस सञ्चालन गरिरहनु भएको छ । ढकालले गैरकानूनी रुपमा २०७९ पौष १७ र १८ गते आब्हान गरेको नेरेसो केन्द्रीय कार्यसमितिको विशेष महाअधिबेशन जिल्ला प्रशासन कार्यलय काठमाडौंले गैरकानूनी ठहर गर्दै स्थगित गरेको थियो ।

तर अबकास प्राप्त कार्यकारी निर्देशक अझै कार्यालयमा कामकाज गरिरहेको बुझिएको छ । अबकास प्राप्त कार्यकारी निर्देशक ढकाल तत्कालिन अध्यक्ष रमेशकुमार शर्माको ठाडो आदेशमा नियुक्ति भएको व्यक्ति हुनुहुन्छ भने उपकार्यकारी निर्देशन सुर्दशन अधिकारी फिल्ड सुरभाइजर सहायकस्तरबाट प्रतिस्पर्धाबाट रेडक्रसमा प्रबेश गर्नुभएको हो । हाल उहाँले प्राप्त गरेको सफल सबै खुल्ला प्रतिस्पर्धाबाट प्राप्त गरेको एक कुशल कर्मचारीरुपमा उनलाई मान्ने एक पदाधिकारीले हामीलाई बताउनु भयो ।

हेर्नुहोस अबकास प्राप्त कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशनले आब्हान गरेको इमेलहरु