जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १७:४९

चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ


सुनसरी, १९ माघ । इटहरी उपमहानगरपालिका–१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्डसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त हतियार र प्र.१–०२–०४३ प ६८९७ नम्बरको मोटरसाइकलसहित गएराति फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।