जनता टाइम्स

२० माघ २०७९, शुक्रबार ०८:२५

मलेसियाली गृहमन्त्रीको आजदेखि औपचारिक भेटवार्ता सुरु


काठमाडौं, २० माघ । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आज देखी औपचारिक भेटवार्ता सुरु गर्नु हुनेछ ।

हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको हिजो जानकारी दिनुभएको छ ।

पराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्न सक्नेहुनेछ ।