जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १८:४९

१३ मन्त्रीलाई विभागीय जिम्मेवारी


काठमाडौं, साउन ३१

नेपाल कम्युनिष्ट पार्टीले ३३ वटा केन्द्रीय विभागमध्ये १३ वटा विभागको प्रमुख मन्त्रीलाई बनाएको छ । विभिन्न मन्त्रालय सम्हालिरहेका व्यक्तिलाई सम्वन्धित विभागको प्रमुख बनाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सो जिम्मेवारी दिएको हो ।

जुन यसप्रकार रहेको छ –

  • स्कुल विभाग प्रमुखमा इश्वर पोखरेल र उपप्रमुखमा देवेन्द्र पौडेल
  • उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखमा मातृकाप्रसाद यादव र उपप्रमुखमा बलराम बाँस्कोटा
  • कृषि तथा भूमिसुधार विभाग प्रमुखमा चक्रपाणि खनाल र उपप्रमुखमा हरि पराजुली
  • खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा विना मगर र उपप्रमुखमा ममता गिरी
  • जलस्रोत, सिंचाइ तथा ऊर्जा विभाग प्रमुखमा वर्षमान पुन र उपप्रमुखमा परशु मेघी गुरुङ
  • निर्वाचन विभाग प्रमुखमा प्रदीपकुमार ज्ञवाली र उपप्रमुखमा खिमलाल देवकोटा
  • पर्यटन प्रवद्र्धन तथा नागरिक उडड्यन विभाग प्रमुखमा योगेशकुमार भट्टराई र उपप्रमुखमा पासाङ शेर्पा
  • भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखमा रघुवीर महासेठ र उपप्रमुखमा हरि अधिकारी
  • राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रामबहादुर थापा र उपप्रमुखमा गुरुप्रसाद बराल
  • वन तथा वातावरण विभाग प्रमुखमा शक्तिबहादुर बस्नेत र उपप्रमुखमा चूडामणि जंगली
  • शिक्षा तथा मानवश्रोत विभाग प्रमुखमा गिरिराजमणि पोखरेल र उपप्रमुखमा विजय पौडेल
  • श्रम तथा रोजगार विभाग प्रमुखमा गोकर्ण विष्ट र उपप्रमुखमा रामेश्वर राय यादव
  • सामान्य प्रशासन विभाग प्रमुखमा लालबावु पण्डित र उपप्रमुखमा रेखा शर्मा