जनता टाइम्स

२१ माघ २०७९, शनिबार ०६:३१

आज पशुपतिनाथको छायाँ दर्शन, यस्तो छ आजको दैनिक राशीफल


आज बिक्रम सम्वत् २०७९ माघमहिनाको २१ गते शनिबार । ४ फेब्रुअरी २०२३ । माघ शुक्ल पक्षको चतुर्दशी तिथि, नक्षत्र पुनर्वसु ९ः३६ सम्म, त्यसपछि तिष्य । । पञ्चाङका अनुसार शाके १९४४, श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, आजको चन्द्रमा कर्कट राशीमा रहेका छन् । आज राहुकाल बिहान ९.३३ मिनेट देखि १०ः५५ मिनेट सम्म रहेको र दिशाशूल पूर्व रहेको छ । अभिजित मुहूर्त ११ः५५ देखि १२ ः३९ सम्म रहेको छ । आजको भद्रा रात्रि ९ः४५ देखि सुरु भएर सोमबार बिहान ११ वजे समाप्त हुनेछ । आज पशुपतिनाथको छायाँ दर्शन गर्ने दिन र विश्व क्यान्सर दिवस रहेको छ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नको लागि उचित समय छैन । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । प्रेममा अविश्वास तथा धोका हुने सम्भावना रहेकोछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति प्राप्तिको योग रहेकोछ । साथीभाईसँग भेटघाट र  माया प्रेममा आत्मीयता बढ्नेछ। विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज पनि समय त्यत्ति शुभ छैन । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ। समय प्रतिकुल बन्नेछ भने आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको यात्रामा पनि समस्या हुने देखिएको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज पनि समय निकै महत्वपूर्ण छ । आफन्त तथा साथीभाईबाट सहयोग प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ ।  प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आज समय खराब छ । विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला । व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय राम्रै छ । विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखामा सोचेजस्तै प्रगति हुनेछ। छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय सामान्य रहला। विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने  योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज  समय भरपर्दो रहनेछ । स्वास्थ्यमा सुधार आउन सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन सकिनेछ । दाजुभाई तथा साथीहरुसँग राम्रो सम्बन्ध बन्न सक्छ।  तपाईको काममा रहेका बाधा तथा अवरोधहरु हट्नेछन् ।