काठमाडौं, २२ माघ । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले विचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गर्नुभएको हो ।
६०० प्रतिशतभन्दा बढी नाफा लिएर विचौलियाको काम गर्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्रीसँग उहाँले आग्रह गर्नुभयो । बैंकले बढाएको अस्वाभाविक ब्याजका कारण साना व्यवसायी आत्महत्याको बाटो रोज्न थालेको भन्दै उहाँले यसतर्फ सरकारले हस्तक्षेपकारी नीति लिनुपर्ने बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्