जनता टाइम्स

२३ माघ २०७९, सोमबार २०:१९

अमेरिकामा धमाधम राज्य कमिटी गठन गर्दै प्रवासी नेपाली मञ्च, न्यूहम्सायरको अध्यक्षमा कडरिया चयन


अमेरिका, माघ २३ । प्रवासी नेपाली मञ्च अमेरिका न्यूहम्सायरको अध्यक्षमा डम्बर कडरिया चयन हुनुभएको छ । भर्चुअल मार्फत शनिवार सम्पन्न भेलाले कडरियाको नेतृत्वमा सात सदस्यीय न्यूहम्सायर राज्य कमिटीको निर्विरोध चयन गरेको हो ।

कमिटीको सचिवमा टिका भट्टराई चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा टोप गुरूङ, राजन कुथुमी राई, दुर्गाकुमारी राई, मुना अर्याल र बिनोद कार्की चयन हुनुभएको छ ।

भेला मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एवं अमेरिका महादेस ईन्चार्ज प्रभुराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नव निर्वाचित च्याप्टर कमिटीलाई बधाई दिँदै थापाले सफल कार्यकालको शुभकामना दिनुभयो । सचिवालय सदस्य थापाले मञ्च अन्तर्राष्ट्रिय कमिटीको संस्थागत संरचना, उदेश्य एवं प्रवासीहरुको हक, अधिकार स्थापनाका लागि नीतिगत सुधारको क्षेत्रमा खेलेको भूमिकाबारे पनि प्रष्ट पार्नुभएको छ ।

यस्तै अमेरिका महादेश कमिटिका अध्यक्ष ईश्वरी भट्टले आफ्नो कार्यक्षेत्र अमेरिका र क्यानाडामा संगठनको विस्तार र प्रगतिबारे चर्चा गर्नुभएको थियो । यसैगरी मञ्चको अमेरिका कमिटीका अध्यक्ष कृष्ण लामिछानेले अमेरिकामा प्रवासी नेपाली मञ्चको स्थापना, मञ्चको उदेश्य, संस्थाको कार्यनीति, स्थापना कालदेखि गर्दै आएका सामाजिक कामको बारेमा चर्चा गर्नुभएको छ ।

लामिछानेले आगामी ३ बर्षसम्मको कार्य योजना निर्माण गरी कार्यान्वयन गरिरहेको बताउदै विगतदेखि न्यूहम्सायर राज्य कमिटीले गर्दै आएका महत्वपुर्ण कामको प्रसंसा गर्नुभयो ।

यसैगरी मञ्च अमेरिकाका सचिव छवी पाण्डेले अमेरिकामा गत जुनमा सम्पन्न तेस्रो अधिवेशन पछि संगठन विस्तारका प्रकृया योजनावद्ध रूपमा लागेको र यसै क्रममा यो भेलाको पनि आयोजना गरिएको बताउनु भयो ।

सचिव पाण्डेले अन्य राज्यमा पनि क्रमस भेला गरिने बताउनु भयो । यस्तै मञ्च अमेरिकाका सल्लाहाकार समिति सभापती डा. रूद्र अर्यालले संगठनले गरेका कामको प्रसंशा गर्दै आफ्नो कमिटीले गरेका गतिबिधिबारे प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका न्यूहम्सायर च्याप्टर अध्यक्ष कमल ढुङ्गनाले बिगतमा जस्तै भविश्यमा पनि मञ्च न्यूहम्सायर राज्य कमिटिसँग सहकार्य गर्दै साझा सवालमा काम गर्ने बताउनु भयो ।

कार्यक्रममा मञ्च अमेरिका सल्लाहाकार समिति सदस्यहरू एवं न्यूहम्सायर निवासी शिव राई, सोम गुरूङ, छत्र कुमारी गुरूङ एवं डम्बर कडरीयाले सन् २००९ देखी न्यूहम्सायरमा संगठनको स्थापना र गतिविधिदेखि बिगतका आफ्ना अनुभव सुनाउनुभ एको थयो ।

मञ्च न्यूहम्सायरका संस्थापक सदस्य ईस्वरी भट्टले संचालन गर्नुभएको भेलाको अध्यक्षता न्यूहम्सायर निवासी मञ्चकी उपाध्यक्ष मैया ढुड्गानाले गर्नुभएको थियो ।