जनता टाइम्स

२४ माघ २०७९, मंगलवार ०७:३६

काठमाडौंमा बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु


काठमाडौं, २३ माघ । काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।

लाक्पा तामाङकी १७ महिने छोरीको मृत्यु भएको हो । घरको कम्पाउन्डमा खेल्ने क्रममा अचानक बाल्टिनको पानीमा डुबेको एसपी रिजालले बताउनुभयो ।

उहाँको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।