जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १७:४६

लड्डु र दहीबाट फिल्मको प्रचार गर्दै मार्बल


लसएञ्जल्स, २४ । हलिउड फिल्मको सबैभन्दा ठूलो सुपरहिरो फ्रेञ्चाइजी मार्वल सिनेम्याटिक युनिभर्सको क्रेज बढ्दो छ । हलिउडलाई मनपराउने हलिउड बाहिरका दर्शकका लागि मार्बल स्टुडियोले प्रचारको नयाँशैली अपनाएको छ । मार्बलले आफ्नो नयाँ फिल्म ‘एन्ट–मेन एण्ड द वास्पःक्वान्टुमेनिया’को प्रचारका लड्डु, दही, शख्खरजस्ता वस्तुको प्रयोग गरेको छ ।

मार्बलले हालैमात्र नयाँ चरणको फिल्मको शुभारम्भको घोषणा गर्दै आधिकारिक इन्स्टाग्राम हेण्डलमा केही तस्वीर राखेको छ । मार्बलले राखेको तस्बिरमा लड्डु, दही, सख्खर र काचो नरिवल छ । ती तस्वीरको माथि ‘फेज ५ को शुभारम्भ’ लेखिएको छ ।

‘आउँदैछ । आशा छ, तपाईहरु फेज ५ को धमाकेदार सुरुवात गर्नुहुनेछ । १७ फेब्रुअरीमा आफ्नो नजिकका थिएटरमा मार्बल स्टुडिोको एन्ट मेन एण्डद वास्पः क्वान्टुमेनिया’ हेर्नका लागि तयार हुनुहोस्’, मार्बलले लेखेको छ । मार्बलले पोस्टमा लड्डुदेखि लिएर नरिवलसम्मको एमसीयूको फेज ५ को शुभारम्भ गर्नुपर्ने कारण खुलाइएको छ ।