जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १९:३१

भारत जाँदै रक्षामन्त्री उप्रेती


काठमाडौं, माघ २४ । रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने हुनुभएको छ । रक्षामन्त्री उप्रेती पाँच दिने भ्रमणका लागि भारत जान लागेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्माका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्रीको भारत भ्रमणको स्वीकृति दिएको हो । उहाँले आगामी फागुन १ देखि ५ गतेसम्म भारतको भ्रमण गर्नुहुनेछ । रक्षा मन्त्रालयका अनुसार उनी भारतमा हुने डीफेन्स एक्सपोमा सहभागी हुन भारत जान लाग्नुभएको हो ।

भारत भ्रमणमा रहँदा उहाँले समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गर्ने स्रोतले जनाएको छ। त्यस्तै भारतका सेना प्रमुखसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ। रक्षामन्त्री हरिप्रसाद उप्रेतीले १ देखि ५ फागुनसम्म भारत भ्रमण गर्ने भएका छन् ।