जनता टाइम्स

२५ माघ २०७९, बुधबार ०८:१५

पिस्ता खानुका यस्ता छन् फाइदा


एजेन्सी २५ माघ । पिस्तामा फाइवर, कावोहाइड्रेट, एमिनो एसिड, भिटामिन ए, के, सी, बि ६, डि, इ, प्रोटिन, क्याल्सियम, म्यागनिज, फोलेट जस्ता पोषक तत्वको भण्डार हुन्छ । पिस्तामा पाइने लो–ग्यासेमिक इन्डेक्सले डाबिटिजलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

पिस्तामा युटिन र ज्याक्सन्थिन जसता एन्टी एक्सिडेन्ट्स पनि पाइन्छ, यसले तपाईको आँखालाई फ्रि रेडिकल्सबाट बचाउँछ र आँखाको तेज पनि बढाउँछ । पिस्तामा पाइने एन्टी एक्सिडेन्टसले छालाको क्यान्सर, प्रोस्टेट क्यान्सर, फोक्सोको क्यान्सरबाट पनि रक्षा गर्ने काम गर्छ ।

यसमा पाइने फाइटोस्टेरल, एन्टीएक्सिडेन्टसु् ले हाम्रो मुटुलाई स्वस्थ्य राख्न मद्दत गर्छ । पिस्ता मस्तिष्कको औषधि पनि हो । यसमा यस्तै तत्व पाइन्छन् जसले हाम्रो मस्तिष्कको सञ्चालनमा ताजगी ल्याउँछ र दिमागलाई सजग तथा एक्टिभ बनाइराख्दछ ।

पिस्तामा फाइबर तथा प्रोटिनजस्ता पोषक तत्व हुनाले यो खाँदा मोटोपन घटाउन सघाउँछ । पिस्तामा एमिनो एसिड, अर्जिन हुन्छ । यसले सन्तान प्राप्तिमा मद्दत पुर्याउँछ र यसको सेवनले पुरुषमा यौन शक्ति बढाउँछ । हरेक दिन पिस्ताको सेवन गर्नाले हेमोग्लोविन उत्पादनमा सघाउँछ र हाम्रो शरीरमा अक्सिजनको प्रवाहमा सुधार ल्याउँछ ।