जनता टाइम्स

२५ माघ २०७९, बुधबार १४:२७

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं, २५ माघ । काठमाडौं र सर्लाहीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको तिनकुने मुनिभैरवमा आज बिहान मोटरसाइकल र कुखुरा बोक्ने जिप आपसमा ठोक्किँदा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका–२३ वर्षीय नोजन राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार सुर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षकै चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ । बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जिपआपसमा ठोक्किएको थियो । दुवै सवारी साधन र जिप चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको ।

उता सर्लाहीको कविलासी नगरपालिका–७ मा मोटरसाइकल पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । नवलपुर–मलंगवा सडकखण्डमा प्रदेश–२–०३ ००९ प ९१५ नम्बरको मोटरसाइकल सोमबार मध्यराति १२ बजे अनियन्त्रित भई सडक किनारमा रहेको पिलरमा ठोक्किएको थियो । दुर्घटनामा कविनासी नगरपालिका९ सलेमपुरका २७ वर्षीय डिकेश रायको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।