जनता टाइम्स

२५ माघ २०७९, बुधबार १५:३४

उर्मिला अर्यालले त्याग्नुभयो माओवादी केन्द्र


काठमाडौं, २५ माघ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको उहाँले घोषणा गर्नुभएको छ ।

गत सोमबार उहाँ राष्ट्रिय सभा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।