जनता टाइम्स

२५ माघ २०७९, बुधबार १७:२३

कुमारीत्व फर्काउने दाबी गर्ने औषधि : अनलाइनमा भरमार क्याप्सुल–पाउडर र जेल–क्रिमहरू


एजेन्सी, २५ माघकुमारीत्वको ‘बिग बजार’।  यो पढेपछि हैरान आश्चर्य नमान्नुहोस्, यथार्थ यही हो । पुरुषप्रधान समाज र समाजको सोचमा आएको परिवर्तनका कारण आजकल बजारमा कुमारीत्व फर्काउन दावी गर्ने यस्ता उत्पादनको बाढी आएको छ ।

भर्जिनिटी फर्काउने नाममा भर्जिनिटी क्रिम वा नक्कली सिन्थेटिक रगत जस्ता उत्पादनहरू बजारमा सजिलै उपलब्ध छन्, जसलाई अमेजन वा फ्लिपकार्ट जस्ता कम्पनीहरूले दुई हजारदेखि सात हजारसम्ममा घर-घरमा पुर्याउने गरेका छन् । कृत्रिम हाइमेन क्याप्सूल ‘ब्लड फर द फर्स्ट नाइट’ अनलाइन भरमार विक्रि भइरहेको छ ।

कोही कुमारीत्वको नाममा इन्टरनेटमा युवतीहरुको लागि ‘ब्लड फर द फर्स्ट नाइट’ बेचिरहेका छन् भने कोही ‘आर्टिफिसियल हाइमेन क्याप्सुल’ बेचिरहेका छन् । ‘हर फिलिङ्स क्याप्सुल’, ‘मेजर कर्भ्स भजाइनल टाइटनिङ पिल्स’, ‘अगेन भर्जिन क्याप्सुल’ नाममा औषधि बिक्री भइरहेको छ । यसलाई ‘भर्जिन अगेन पिल्स’ वा ‘रिस्टोर भर्जिनिटी’ पनि भनिन्छ।

भजाइनल टाइटनिङ क्रिम तथा जेल, ब्लड पाउडर वा सिन्थेटिक रगत, आर्टिफिसियल हाइमेन क्याप्सुल, भर्जिनिटी क्याप्सुल वा भर्जिन पिल्स, इन्सर्टेबल पाउच र क्लीभेज रिङ्कल टाइटनिङ पिलोज बिक्री भइरहेका छन् । यी सबै उत्पादनहरू सहज उपलब्ध छन् र अनलाइन किन्न सकिन्छ।

विज्ञापन केही यस्तो छ, ‘सिंथेटिक रगतले भरिएका यी चक्कीहरूले दुर्घटना, चोटपटक, कडा व्यायाम, जिम्न्यास्टिक, पौडी खेल्ने र यौन सम्पर्क गर्दा गुमाएको कुमारीत्व फिर्ता ल्याउन सहयोगी हुन्छन्।’ यो चक्कीले यौनसम्पर्कका क्रममा रक्तस्राव गराउने, जुन पूर्णतया प्राकृतिक र कुनै साइड इफेक्ट बिना हुने दाबी गरेको छ ।

भर्जिनिटी चक्की दुई हजारदेखि साढे सात हजारसम्ममा बिक्री भइरहेको छ । यी बेच्ने कम्पनीहरूले आफूसँग उच्च गुणस्तरको रगत पाउडर र नक्कली रगत रहेको दाबी पनि गर्छन् । भन्छन् ‘इन्जेक्सन र एनेस्थेसिया दिनु पर्दैन, न त पीडादायी शल्यक्रिया नै गर्नुपर्छ ।’

डी पाउडरः यो पहिलो रातको सम्पर्क अघि प्रयोग गर्न सल्लाह दिइन्छ । यस्तै एउटा उत्पादन हो ‘आइ–भर्जिन–ब्लड फर फर्स्ट नाइट’। कम्पनीले अमेजनमा यस उत्पादनको बारेमा बताएको छ कि यो एक सिंथेटिक ब्लड पाउडर क्याप्सुल हो, जसलाई सेक्स गर्नुभन्दा केही समय अगाडि योनीमा राखिन्छ। संभोगको समयमा, क्याप्सुल पग्लन्छ र रगत जस्तो देखिने तरल पदार्थ निश्कन्छ ।

त्यसैगरी, ‘भर्जिनिया केयर’ पनि अनलाइन स्टोरमा उपलब्ध छ, जसको बारेमा कम्पनीको आधिकारिक वेबसाइटमा ‘रेड लिक्विड क्याप्सुल फर द फर्स्ट नाइट’ ले तपाईलाई चाहेको नतिजा दिनेछ भनी दाबी गरिएको छ, यदि यसलाई प्रयोग गर्नुहुन्छ भने कुनै फोरप्ले गर्नु पर्दैन । भर्जिनिटी पिल्सका अलावा कस्मेटिक गायनोकोलोजीको चलन पनि बजारमा देखिएको छ ।

डब्लूएचओले भन्यो कुमारीत्वको यति ठूलो झूट कसरी सिर्जना भयो ?

विश्व स्वास्थ्य संगठनको वेबसाइटमा प्रकाशित एक लेखका अनुसार कुमारीत्व न त चिकित्सा शब्द हो न त वैज्ञानिक नै हो । यो सामाजिक, सांस्कृतिक र धार्मिक आधारमा बनाइएको शब्द हो, जसले महिला र केटीहरूविरुद्ध लैङ्गिक भेदभावलाई जनाउँछ ।

सन् २०१८ मा भएको भर्जिनिटी परीक्षणलाई मानवअधिकारको उल्लङ्घन भएको भन्दै संगठनले आलोचना गरेको थियो । यो एक प्रकारको हिंसा हो, जसले महिलाको इज्जतमा चोट पुर्याउँछ। संसारमा यस्तो कुनै परीक्षण छैन जसले कसैले यसअघि सेक्स गरेको छ कि छैन भनेर थाहा पाउन सक्छ ।