जनता टाइम्स

२५ माघ २०७९, बुधबार १७:४२

प्रधानमन्त्री र युएसएडका प्रमुख सामान्था पावरबिच भेटवार्ता


काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अमेरिकन नियोग युएसएडका प्रमुख प्रशासक सामन्था पावरबिच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो । आज सिंहदरबारमा प्रधानमन्त्री दाहाल र पावरबीच शिष्टाचार भेटवार्ता भएको हो ।

यसअघि उहाँले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गर्नुभएको थियो । सामन्था पावर मंगलबार नै नेपाल आउनुभएको हो । नेपाल आएलगतै पावरले उच्चस्तरीय भेटवार्ता गरिरहनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आउनुभएको हो । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको सदस्यसमेत रहनुभएको उहाँ अमेरिकाको क्याबिनेट स्तरको उच्च अधिकारी हो ।