जनता टाइम्स

२५ माघ २०७९, बुधबार १७:५५

मोरङमा बलात्कारको आरोपमा ससुरा पक्राउ


बिराटनगर, २५ माघ । नेपाल प्रहरीले बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका–१ मोरङवाट बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको हो तर पक्राउ परे पनि नाम भने सार्वजनिक गरिएको छैन ।

प्रहरीका अनुसार उनी माथी अनुसन्धान जारी छ । मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी २५ वर्षीया युवतीले हिजो ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बलात्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीवाट खटिएको टोलीले पक्राउ गरिएको कार्कीले जानकारी दिनुभयो । जबरजस्ती करणी मुद्दा चलाउन आज अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ ।