काठमाडौं, माघ २६ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ।
बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानामन्त्री पुष्पकमल दाहालबीचको भेटवार्तामा बैठक बोलाउने सहमति भएको थियो। ओली निवास बालकोटमै पुग्नुभएका प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि बैठक तय भएको हो ।
सरकार बनेको दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिएको, सुदुरपश्चिममा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाउने अवस्था आएको र राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषयमा सत्तारुढ दल एक मत हुन नसकेको अवस्थामा बस्न लागेको आजको बैठकलाई विशेष मानिएको छ।
राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ। आजको बैठकमा राष्ट्रपतिको उम्मेदवार, उपराष्टेरपतिको उम्मेदवार र सत्ता गठबन्धनबीचको साझा सहमति कार्यान्वयन एजेण्डा रहेका छन ।













प्रतिक्रिया दिनुहोस्