जनता टाइम्स

२६ माघ २०७९, बिहीबार १४:५१

निर शाहसहित चलचित्र विकास बोर्डवाट राजिनामा दिने तीन पुगे


काठमाडौं, २६ माघ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले राजीनामा दिनुभएको छ ।

बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका शाह र अर्का सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिनुभएको हो ।

अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यसअघि नै राजिनामा दिईसक्नुभएको छ ।

अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्नुभएको थियो ।