काठमाडौं, माघ २७ । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा संयन्त्रको बैठक सुरु भएको हो ।
बैठकमा नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्छ । अहिलेसम्म जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका सत्ता साझेदारका प्रतिनिधि नेताहरू सहभागी छैनन् ।
दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिँदा गठबन्धन सरकार ढलेको थियो ।
प्रदेश सरकार ढलेपछि आज पहिलो पटक बैठक बसेको हो । आजको बैठकमा सत्ता साझेदार दलबीच देखिएको बिवादको समाधान गर्ने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्