जनता टाइम्स

२७ माघ २०७९, शुक्रबार १६:१७

नवनिर्वाचित राष्ट्रियसभा सांसद कसौदीले लिए सपथ


काठमाडौ‌ २७ माघ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दशौंदीले राष्ट्रियसभाका सम्माननीय गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद कसौदीले पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

नेकपा एमालेका सांसद दशौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–र्वाचनबाट निर्वाचित हुनुभएको थियो । गण्डकी प्रदेशवाट प्रतिनिधित्व गर्ने सांसद खिमलाल भट्टराईले राजिनाम दिए पछि रिक्त स्थानमा कसौदी आउनुभएको हो ।