जनता टाइम्स

२९ माघ २०७९, आईतवार ०७:४०

सम्पति शुद्धिकरण बिद्येयक संसदको चालु अधिवेसनमा दर्ता हुने पहिलो बिद्येयक


काठमाडौं, २९ माघ । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङं) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ संसद सचिवालयमा दर्ता भएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दर्ता गराएको उक्त विधेयक चालु अधिवेशनमा दर्ता भएको यो पहिलो विधेयक हो ।

सो बिधेयकमार्फत सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० वटा कानुन एकै पटक संशोधन गर्न लागिएको छ । सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० वटा कानुन संशोधन गर्न लागिएको छ ।

जसअनुसार सो विधेयकमार्फत निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन ९रोक्का० नियन्त्रण र जफत ऐन २०७० मा संशोधनजस्ता बिद्येयक संसोधन हुन लागेको हो ।