जनता टाइम्स

२९ माघ २०७९, आईतवार १२:०७

चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र (फोटोफिचर)


काठमाडौं, २९ माघ । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन । ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ ।

जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन । स्याङजका एक बिरामी रामेश्वर न्यौपाने भन्नुहुन्छ, ‘अस्पतालमा उपचारका लागि आईयो तर यहाँ तालाबन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक बरिष्ठ उपरिक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानै देखि सरकार र चिकित्सिक संघका पदाधिकारी बीच बार्ता भने भईरहेको छ ।