काभ्रे, २९ माघ । धुलिखेलस्थित धुलिखेल अस्पतालमा नियमित सेवा जारी छ । नेपाल चिकित्सक संघले चिकित्सक माथी प्रहरीले हातपात गरेको भन्दै देशभरी इमर्जेन्सीबाहेकका सवै सेवा अबरुद्ध गर्ने निर्णय गरे पनि धुलिखेल अस्पतालमा भने बन्दको कुनै प्रभाव परेको छैन ।
‘अस्पतालको नियमति सेवा जारी छ, यहाँ बन्दको कुनै प्रभाव परेको छैन’ पत्रकार मोतिराम तिमल्सिनाले भन्नुभयो । काठमाडौंका गंगालाल हृदय रोग केन्द्रमा पनि सेवा सुचारु गरिएको छ । शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति अस्पताल, प्रसुती गृहले अस्पताल आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर ओपडी सेवा दिईरहेका छन ।













प्रतिक्रिया दिनुहोस्