दिल्ली, १ फागुन । पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहलाई भेट्नुभएको छ । सो भेटमा दुई देशबीचको आपसी हित र चासोको विषयमा छलफल भएको छ ।
पाँच दिने भारत भ्रमणका लागि मन्त्री उप्रेती आइतबार दिल्ली आउनुभएको थियो । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि नेपालबाट विदेश भ्रमण गर्ने उहाँ दोस्रो मन्त्री हुन् ।
यसअघि पराराष्ट्र मन्त्री विमला राई श्रीलंका जानुभएको थियो । उहाँ श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्केसक्नुभएको छ ।
मन्त्री उप्रेती बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनुहुनेछ ।
मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि भारत भ्रमणमा आउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्