जनता टाइम्स

१ फाल्गुन २०७९, सोमबार १६:०३

नेपाल एयरलाइन्स डुबेको हेरेर बस्न सक्दिनँ : मन्त्री किराती


विराटनगर, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्स डुबेको आफूले हेरेर बस्न नसक्ने बताउनुभएको छ ।

सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले नेपाली जहाजहरु नाफामा चल्नुपर्ने भन्दै नेपाल एयरलाइन्स डुबेको हेरेर आफू बस्न नसक्ने बताउनुभएको छ ।

नेपाली जहाजहरु दैनिक न्यूनतम १५ घण्टा चल्नुपर्ने बताएका उहाँले नेपालमा बनेका विमानस्थल पूर्णरुपमा चलाउन कार्ययोजना मागेको बताउनुभयो ।

अर्बौं रुपैयाँको लगानीमा बनेका विमानस्थललाई प्रयोगविहीन हुन दिन नहुने भन्दै उहाँले विमानस्थल सञ्चालनका लागि नीतिगत रुपमा पहल गर्ने जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय उडान र रुटको कूटनीतिक पहल सुरु गरेको जानकारी दिनुभएका उहाँले नयाँ जहाज किन्ने बारेमा आफूलाई कुनै पनि जानकारी नभएको दाबी गर्नुभयो ।