जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार १६:२८

मदिरा पिएर कुटपिटमा उत्रिएका कलाकार ‘म्याकुरी’ पक्राउ


इटहरी, ३ फागुन । मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको हो ।

बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाका अनुसार ‘म्याकुरीसहित दुई जनालाई बेलबारीका एक युवालाई कुटपिट गरेको पाएपछि पक्राउ गरिएको हो । सो कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ ।