जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार २१:५२

कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल(फोटो फिचर)


काठमाडौं, फागुन ३। राष्ट्रिय युवा संघले कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको छ ।

बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरुबीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो ।

राजनीतिक नेताहरुको तर्फबाट एमाले महासचिव शंकर पोखरेलले कप्ताानी गर्नुभएको थियो भने कलाकारबाट धिरेन शाक्यले कप्तानी गर्नुभयो ।

उक्त खेलमा धिरेन शाक्य, जितु नेपाल, रचना रिमालसम्मका कलाकारको उपस्थिति थियो भने राजनीतिकर्मीवाट एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत, मन्त्री राजेन्द्र राईलगायत सहभागी हुनुहुन्ग्यो ।

आगमी ११ फागुन देखि हुन लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनसीप आयोजनाको पुर्वसन्ध्यामा संघले कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलाएको हो ।