जनता टाइम्स

४ फाल्गुन २०७९, बिहीबार ०७:०१

आजको मौसमः सुदुरपश्चिम र कर्णालीमा आंशिक बदली रहने


काठमाडौं, ४ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखका अनुुसार राती भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहुन महाशाखाले अनुरोध गरेको छ।