जनता टाइम्स

१ भाद्र २०७६, आईतवार १५:४४

अधिकारीको तिज गीत ‘रातो स्कुटर’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, भदौ १

हरितालिका तिज करिब नजिकै आएलगत्तै कलाकारहरुले विभिन्न गीत बजारमा ल्याउने लहर झनै बाक्लिदै गएको छ । कतिपय माया प्रेमका प्रसङ्गलाई जोडेर आएका छन् भने कतिपय माइतिको सम्झनामा र श्रीमान श्रीमतीबिचकै प्रसङ्गका गीतले बजार तातिरहेको छ । यसैक्रममा गायक श्याम अधिकारीले पनि श्रीमान र श्रीमतीको प्रेम प्रसङ्गमा ‘रातो स्कुटर’ नामक गीत सार्वजनिक गरेका छन् ।

उनले छोरो पाइदिएको खण्डमा आफ्नी श्रीमतीलाई रातो स्कुटर उपहारस्वरुप दिने गीतमार्फत जनाएका छन् । गायक अधिकारी र बिनोद न्यौपानेको शब्द रहेको उक्त गीत अधिकारी र गायिका मिना अधिकारीको युगल आवाजमा रहेको छ । त्यस्तै बिक्रम चौहानको निर्देशन रहेको सो गीतको भिडियो प्रकाश खड्काले छायांकन गरेका छन् भने रमित ओलीले सम्पादन गरेका छन् । मोडेल करिश्मा ढकाल, निजा पौडेल, सुरज मल्ल र बिनोद न्यौपानेले उक्त भिडियोमा अभिनय गरेका छन् ।