जनता टाइम्स

५ फाल्गुन २०७९, शुक्रबार १४:०४

बालिका बलात्कार आरोपमा एक युवक पक्राउ


मोरङ, ५ फागुन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय आर्यन भन्ने महमद अहमद खानलाई प्रहरीले पक्राउ गरेको छ ।

खानले ती बालिकालाई फागुन २ गते राति सुन्दरहरैचा नगरपालिका–३ स्थित चौरीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।