झापा, फागुन ५ । सभामुख देवराज घिमिरेले देश पहिलेभन्दा प्रतिकूल अवस्थामा गएको बताउनु भएको छ । गृहजिल्ला झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताउनु भएको हो ।
सभामुख घिमिरेले संसदमा धेरै दलहरु रहेका कारण पनि समस्या भएको बताउनु भयो । अहिले अनेपेक्षित रुपमा दलहरु संसदमा पुगेको र तिनीहरुको गन्तव्य के हो भन्ने थाहा नभएको उहाँको भनाइ छ ।
‘सविधानले बन्देज लगाएको कुरा गर्ने दलहरुसमेत सदनमा छन् उनीहरुले कानूनभन्दा बाहिरको कुरासमेत गरिरहेका छन् । देशी विदेशी शक्तिहरुको चलखेल अझै बढेको छ, सभामुख घिमिरेले भन्नुभयो ।
घिमिरेले देशमा अझै विदेशीको चलखेल रहेको भन्दै समस्या भए पनि समाधान गर्ने भूमिकामा आफू नभई रेफ्रीको भुमिकामा रहेको बताउनु भयो । सदनमा ५ वटा दल हुँदा त समस्या भएको भन्दै १२ वटा दल सदनमा हुँदा कानुनहरु पास गर्ने कुरामा समस्या हुने उहाँको भनाइृ छ ।
उहाँले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको मुद्दा अनन्त कालसम्म लानु नहुने बताउनु भयो । घिमिरेले पुरानो संसद र प्रधान्यायाधीश दुवै नरहेको अवस्था अब के हुन्छ भन्ने कुरा पर्खनु पर्ने बताउनु भयो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भुमिका नै अन्यौलमा रहेको पनि उहाँको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्