जनता टाइम्स

७ फाल्गुन २०७९, आईतवार १८:०६

कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ


धनगढी, ७ फागुन । कैलालीका चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका–४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर विक पक्राउ परेका हुन् ।

विकले चलाएको से. ५प ८०३१ नम्बरको मोटरसाईकल पछाडी सवार खत्रीको झोलाबाट ७ फिट १० ईन्च लम्बाई र चार फिट ७ इन्च चौडाई भएको एक थान चितुवाको छाला र बन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित आज दुवै जना पक्राउ परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।