जनता टाइम्स

८ फाल्गुन २०७९, सोमबार १२:३५

राष्ट्रपतिमा राष्ट्रिय सहमति भारतीय एजेण्डा रहेको पुष्टि, चक्रब्यूहमा यसरी फस्दैछन प्रधानमन्त्री


काठमाडौं, फागुन ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुले अघि सार्नुभएको राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा भारतको एजेण्डा रहेको पुष्टि भएको छ ।

भारतीय कुटनीतिज्ञ एसडी मुनीले नेपालको राष्ट्रपतिमा राष्ट्रिय सहमति जरुरी रहेको भन्दै चार जनाकोनामै किटान गरेपछि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको नारा भारतको एजेण्डा रहेको पुष्टि भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजनामा बनेको बर्तमान सत्ता गठबन्धन भत्काएर आफू अनुकुलको कम्फर्टेवल गठबन्धन बनाउन भारतले नै कांग्रेसलाई प्रधानमन्त्रीलाई बिश्वासको मत दिन लगाएको पनि मुनीको कुराले खुलासा गरेको छ ।

कांग्रेस नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै आफूहरुले राष्ट्रपति नपाए भारत चिढिने भन्दै धम्की दिइरहेका छन । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र बरिष्ठ नेता रामचन्दै पौडेलले प्रधानमन्त्रीलाई यस्तो धम्की दिनुभएको हो । केही दिनअघि नेपाल आउनु भएका भारतीय बिदेस सचिव बिनयमोहन क्वात्राले पनि राष्ट्रपति कांग्रेसलाई दिन वा आफूहरुले भनेअनुसारको ब्यक्तिलाई राष्ट्रिय सहमतिको नाममा अघि बढाउन प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरुलाई भनेको तथ्य बाहिर आइसकेको छ ।

यो समाचार पनि पढनोस

प्रधानमन्त्री दाहालसँग सिटौलाको खुलासा : कांग्रेसबाटै राष्ट्रपति होस भन्ने भारतको चाहना छ

भारतीय संस्थापनसँग निकट मानिने मुनीले राष्ट्रपतिमा राष्ट्रिय सहमति चाहिएको भन्दै देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज बराल), नाकावन्दीको समयमा भारतकै पक्षमा रहनुभएका पूर्वसभामुख दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम प्रस्ताव गर्नुभएको छ । भारतकै दवावका कारण प्रधानमन्त्री दाहालसमेत पछिल्लो समय कांग्रेसलाई राष्ट्रपति दिने दिशातिर उन्मुख भएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो ।

माओवादीभित्र उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मालगायतका नेताहरु बर्तमान सरकार ढले पनि भारतलाई चिढ्याउन नहुनेलाइनमा उभिएपछि प्रचण्डसमेत सरकार ढले ढलोस भारत खुसी पार्ने काममा अग्रसर हुन थालेको सोही पार्टीका एक नेताले बताएका छन । आइतवार साँझको भेटमा पनि प्रचण्डले आफू कांग्रेसलाई राष्ट्रपति दिन तयार रहेको तर एमाले अध्यक्ष केपी शर्मा ओली मान्दै नमान्ने गरेको भन्दै दोहोरो कुरा गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन आइतबार साँझ कांग्रेस नेताहरुसँग छलफल गर्नुभएको हो । प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई एमाले अध्यक्ष ओलीतिर लागेको कारण कांग्रेसलाई राष्ट्रपति दिएर दक्षिणको छिमेकीलाई खुसी पार्ने रणनीति लिनुभएको स्रोतको भनाई छ ।

सत्ता गठबन्धनमा नेकपा एमालेका ७९, रास्वपाको १९ र राप्रपाको १३ सिट रहेको छ । प्रधानमन्त्री पाएको माओवादीको जम्मा ३२ सिट मात्रै रहेको छ । अन्य तीन दलको संख्या ११२ हुन्छ ।

माओवादीमै बर्षमान पुनलगायतका नेताहरु भने कांग्रेसलाई राष्ट्रपति दिँदा गठबन्धन भत्किने र माअ‍ोवादीको हातमा केही नरहने भन्दै प्रधानमन्त्री दाहाललाई सम्झाइ रहेको स्रोतको भनाई छ । राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णयहुन पनि कांग्रेसतिर लागेमा माओवादीले गरेको अवस्थामा भने उस्ले सरकारदेखि सवै चिज गुमाउनु पर्ने अवस्था देखिन्छ ।

एमालेले समर्थन फिर्ता लिनसाथ सवैभन्दा ठूलो दलको हैसियतमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसार सवैभन्दा ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुनेछ । सो सरकारलाई माओवादीले भोट हाल्नै पर्ने बाध्यता आउने छ ।