धुलिखेल, ९ फागुन । स्वास्थ्य पत्रकार मन्च नेपाल र स्वसथ्य अनुसन्धान परिषद्को आयोजनामा भएको दुई दिने क्लिनिकल रिसर्च सम्बन्धी कार्यशाला गोष्टि सम्पन्न भएको छ । हिजो र आज स्वास्थ्य पत्रकारहरुका लागि चिकित्सकीय अनुसन्धान सम्बन्धी भएको दुई दिने कार्यशाला गोष्ठीमा पत्रकारहरुले क्लिनिकल रिसर्चसम्बन्धि समाचार लेख्दा ध्यान दिनुपर्ने विषय समेटिएको थियो । कार्यशालामा विभिन्न सञ्चार माध्यममा कार्यरत स्वास्थ्यका विटमा पत्रकारिता गरिरहनुभएको पत्रकारहरुको सहभागितामा रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले परिषद्ले नै दिनुपर्ने महत्त्वपूर्ण प्राविधिक विषयमा स्वास्थ्य पत्रकार मञ्चले नेतृत्व लिएकोमा आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले परिषद् सहयोगका लागि तयार रहेको पनि उल्लेख गर्नुभयो । त्यस्तै उहाँले परिषद्ले स्वास्थ्य नीति नियम बनाउन, सघाउन, अध्ययन अनुसन्धान गर्ने बताउनभयो । उहाँले भन्नुभयो,‘स्वास्थ्य अनुसन्धान गर्नका लागि परिषद्सँग स्वीकृत लिनु अनिवार्य हुन्छ । हरेक वर्ष ५ सयको हाराहारीमा परिषद्ले नै एनिसियसन लिएर अनुसन्धान गर्छ ।’
उहाँले राज्यले नीति बनाउनु पहिले नै अनुसन्धान गरेर बनाउनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले अस्पतालहरूले पालना गर्नुपर्ने क्लिनिक ट्रायलको प्रोटोकल भएको/नभएको के हुन्छ भन्ने प्रस्ट हुन जरुरी रहेको बताउनुभयो । उद्घाटन सत्रमा स्वास्थ्य पत्रकार मञ्च नेपालमा अध्यक्ष सरोज ढुंगेलले यस कार्यशालामा लिएको ज्ञानले आफूहरुले चिकित्सा विज्ञानमा भएको अनुसन्धानको विषयमा समाचार बन्ने र राज्यलाई नीति बनाउने कुरामा घच्घच्याउन मद्दत मिल्ने विश्वास लिएको बताउनुभयो ।
कार्यक्रममा चिकित्सा शास्त्र अध्यक्ष प्रा. डा. खेम कार्कीले चिकित्सकीय अनुसन्धान के हो ? यसले सरकार र नागरिकलाई के फाइदा पुग्छ भन्नेबारेमा प्रकाश पार्नुभयो । सोलिट नेपालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पत्रकार प्रविण ढकालले पत्रकारको आचारसंहिता लगायत स्वास्थ्य पत्रकारको समस्याका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्