सप्तरी, १० फागुन । सप्तरी जिल्लाको रुपनी गाउँपालिका एक महिलाले एकै पटकमा तीन सन्तानलाई जन्म दिनुभएको छ । रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओमरामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानलाई जन्म दिनुभएको हो । सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार दिउँसो दुई जना छोरा र एक जना छोरी जन्म दिएको स्थानीय सन्तोष यादवले जानकारी दिनुभयो ।
दुई छोराको तौल क्रमशः १ कलो ६६० ग्राम र १ किलो ४८० ग्राम रहेको छ भने छोरीको तौल १ किलो ६६१ किलोग्राम रहेको छ । प्रसुती व्यथा लागेपछि उहाँलाई धरान लगिएको थियो । उहाँले पहिलो पटक बच्चा जन्माउँदा तीन सन्तान जन्म भएको हो । एकै पटक तीन बच्चाको जन्म दिनुभएको सरस्वतीको परिवारलाई आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको पालनपोषण गर्न समस्या हुने भएकोले सहयोग गरिदिन यादवले सामाजिक संजाल मार्फत आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्