जनता टाइम्स

११ फाल्गुन २०७९, बिहीबार २१:५७

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत


काठमाडौं, फागुन ११ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ ।

उमेर विवादपछि राजीनामा दिनुभएका डिआइजी सिंहको राजीनामा गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीकृत गर्नुभएको हो ।

राजीनामा स्वीकृत गरेको पत्र गृह मन्त्रालयले बिहीबार नै नेपाल प्रहरीलाई पठाइसकेको छ । बुधबार नै राजीनामा दिनुभएका सिंहको राजीनामा सोही दिनदेखि नै लागू हुनेछ । नेपाल प्रहरीका प्रवक्ता डीआजी पोषराज पोखरेलले राजीनामा स्वीकृत गरेको पत्र गृह मन्त्रालयबाट आएको जानकारी दिनुभयो ।

उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उनले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिनुभएको थियो । राजीनामा दिनुअघिसम्म सिंह सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुनुहुन्थ्यो ।

सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि विवादमा तानिनु भएको थियो । सोही बिवादमा उहाँल ेराजीनामा दिनुपरेको हो ।