काठमाडौं, फागुन १२ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एस र जसपासहित ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ ।
राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेतृत्वबीच बैठक सुरु भएको हो ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा कांग्रेस महामन्त्री गगन थापा र माओवादी बरिष्ठ उपाध्यक्ष तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्