जनता टाइम्स

१२ फाल्गुन २०७९, शुक्रबार १४:१२

यमगज हात्तीको आतंक नियन्त्रण गर्न माग


काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको हो ।

बैठकको सुरुवातमै सांसद महेशकुमार बर्तौलाले मकवानपुरको मनहरीमा भएको यमगज हात्तीको आतंक नियन्त्रण गर्न माग गर्नुभयो । तीन दिनअघि मनहरी–४ मा हात्तीको आक्रमणबाट ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको भन्दै उहाँले तत्काल यमगज नामक हात्तीको आतंक नियन्त्रण र मृतकको परिवारलाई राहतको व्यवस्था गर्न माग गर्नुभएको हो ।