काठमाडौं, फागुन १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा उठ्ने उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
राष्ट्रपति चुनावमा मतदान गर्ने कि नगर्ने भन्नेबारे फागुन २३ गते बस्ने बैठकबाट निर्णय गरिने जानकारी पनि उहाँले दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्