जनता टाइम्स

१२ फाल्गुन २०७९, शुक्रबार २१:०७

यी दलमा छैन कुनै लय : जता बहुमत, उतै बिलय


काठमाडौं, फागुन १२ । प्रतिनिधिसभामा रहेको तीन दलले आफ्नो कुनै नीति, सिद्धान्त र योजना नरहेको तथ्य उजागर गरेका छन ।

सरकार बनाउने बेला एमाले नेतृत्वको गठबन्धनमा सहभागी बनेका नीत दल राष्ट्रपति निर्वाचनका विषयमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बनाएर आफ्नो नीति होइन, जता बहुमत उतै बिलयको नीति उजागर गरेका हुन ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन तोडेर कांग्रेसतिर लागेलगत्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि गठबन्धन छाडेका हुन । तीनै दलले कांग्रेसलाई राष्ट्रपतिमा मतदान गर्ने सहमति पनि गरेका छन ।