जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार ००:०१

एनआरएनए, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मुसलमानको दादागिरी, भेलामा गैरसदस्यहरूको बर्चश्व


काठमाडौं, १२ फागुन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको तेस्रो परिषद् भेला सम्पन्न भएको छ । आज भएको तेस्रो परिषद एवं अन्तिम परिषद् भेलामा अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आफ्नो दादागिरी शैली प्रस्तुत गर्नुभएको छ । अल अरबी स्पोर्ट्स क्लवमा भएको भेलामा गैर पञ्जिकृत सदस्यहरुलाई बोलाएर आफ्ना धारणा राख्नुभएको हो । उक्त भेलामा दुई तिहाई गैरपार्षद्हरूको उपस्थिति रहेको स्रोतले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष मुसलमानले दादागिरी शैलीमा संघको विधानमा अन्र्तराष्ट्रिय समिति बाझिने गरी विधान संसोधनको मुद्दा उठाउनुभएको थियो । कार्यक्रममा आएका धेरै गैर सदस्यहरुले आफूहरुलाई अध्यक्षले आफ्ना धारणा राख्न बोलाउनु भएको सुनाउनुभयो । अध्यक्ष मोहम्मदले संगठनमा आफ्नो बहुमत देखाउन विभिन्न बाहिरका व्यक्तिलाई बोलाएर विधानविपरित गई आजको कार्यक्रम सम्पन्न गर्नुभएको हो ।